८ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, २२ वैशाख । सत्ताघटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव आएको बताएका छन् ।

सत्ता नेतृत्वकर्ता एमालेसँग बालुवाटारमा मंगलबार राति अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘कांग्रेसले आफूलाई संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नेतृत्व लिन प्रस्ताव गरेको छ’, अध्यक्ष दाहाललाई उदृत गर्दै एमाओवादी सचिव वर्षमान पुनले भने, ‘तपाईँहरु यसमा के गर्नुहुन्छ ।’