काठमाडौं, २० वैशाख । मेगा बैंक नेपाल लिमिटेडको पाचौँ साधारण सभाले गरेको निर्णय अनुसार मेगा बैंकले आफ्ना शेयरधनीहरुमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ ।
यसको लागि बैंकले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत, श्री अनुपमा खुन्जेलिले तथा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख मर्चेन्ट बैंकिन्ग, श्री नलिना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
२५ प्रतिशत हकप्रद शेयर निष्काशन पछी मेगा बैंक नेपाल लिमिटेडको चुक्ता पुँजीे ४ अर्ब ५ करोड हुनेछ । हाल बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब कर्जा प्रवाह रहेको छ ।
साथै देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४०० स्थानमा मेगा रेमिटको सञ्जाल र १ एक्सटेन्सन काउन्टर रहेको छ ।
















प्रतिक्रिया