१ कार्तिक २०८३, आइतबार

तारुकामा पुनः खानेपानी सम्भाव्यता अध्ययन, स्थानीयमा खुशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taruka

नुवाकोट, २१ वैशाख । नुवाकोट जिल्लाको तारुकामा खानेपानी संभाव्यता स्थलहरुको अध्ययन–अवलोकन गरिएको छ । वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका तारुकाबासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्धेश्यले पानी सम्भाव्यता क्षेत्रको आवलोकन गरिएको हो ।

काठमाडौंबाट गएको बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा क्यानेडियन नागरिक इरभिन, गन्तब्य नेपालका अध्यक्ष शिव अधिकारी, अर्थ र ब्यापारका नविन काफ्ले, गैरआवसिय नेपाली मोहन श्रेष्ठ लगायतको टोलीले खानेपानीको सम्भावित क्षेत्रहरुको अनुसन्धान गर्नुभएको थियो । वडा ८ मा रहेको भूकम्पका कारण क्षति पुर्याएको पिपलडाँडा विद्यालयको अध्ययन तथा बुद्यसिंङ्ग गाविस स्थित ढाडाखर्क स्थित ढाडाखर्क प्राविको बिद्यालयको समेत निरिक्षण गरिएको थियो ।

पिलिडाँडा विद्यालयमा आयोजित समारोहमा गैरआवासीय नेपाली मोहन श्रेष्ठले विद्यालय भवन निर्माणका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै तत्कालका लागि विद्यालय व्यवस्थापनका लागि ५० हजार रुपैयाँ सहयोग समेत प्रदान गर्नुभयो । त्यस्तै प्रमुख अतिथिका रुपमा निम्त्याईएका बरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्सालले विद्यालय निर्माणका लागि आफु प्रयत्नशिल रहेको बताउनुभयो । निकट भविष्यमै विद्यालय निर्माण हुनेमा समेत आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले भूकम्पका कारण विद्यालयको अवस्था अवस्था देख्दा दुख लागेको भन्दै यथाशक्य विद्यालय निर्माणका लागि पहल गर्ने बताउनुभयो । उहाँले वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले तारुकाप्रति उदारता देखाएर यहाँको समस्या समाधान र पूर्वाधार निर्माणमा तीब्रता दिनुभएकोमा आभारप्रकट गर्नुभयो ।