१९ कार्तिक २०८३, बिहिबार

दैलेखमा मट्टितेल खन्याएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dailekh_districtदैलेख, २१ बैशाख । दैलेखमा एक पुरुषले आफ्नै श्रीमतीलाई जलाएर हत्या गरेको खुलासा भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमतीको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या गरेको आरोपमा दैलेख रातोमाटे–१ बस्ने राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले गत बैशाख १५ गते आप्mनै १९ वर्षीया श्रीमती अनिशा नेपालीको शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए ।

जलेर गम्भीर घाइते भएकी अनिशालाई स्थानीय अस्पताल हुँदै बैशाख १७ गते थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौँ लगिएकोमा सोमबार उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।