काठमाडौं, २० वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपक्षेत्रीय कार्यालयहरुमा ६ जना सहसचिवलाई पदस्थापन गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार सहसचिव खोमराज कोइरालालाई काठमाडौंमा, रमेशकुमार केसीलाई ललितपुरमा, सुमन दाहाललाई काभ्रेपलाञ्चोकमा, नारायणप्रसाद सापकोटालाई नुवाकोटमा, शिवराम न्यौपानेलाई दोलखा र जितेन्द्र बस्नेतलाई गोर्खामा पदस्थापन गरिएको छ ।
काठमाडौं उपक्षेत्रीय कार्यालयले काठमाडौं र भक्तपुर, ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर, काभ्रपलाञ्चोक उपक्षेत्रीय कार्यालयले काभ्रेपलाञ्चालेक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवा, गोर्खा उपक्षेत्रीय कार्यालयले गोर्खा र धादिङ तथा दोलखा उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनर्निर्माण कार्यहरुको समन्वय र अनुमगन गर्छन् ।
यस अघि नै सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालयमा पदम अर्याललाई पदस्थापन गरिएको थियो ।
यसैबीच केन्द्रीय आयोजना कार्यान्वय इकाईलाई कार्यक्रम खर्च, भवन निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न ३ करोड ५९ लाख ८९ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको छ ।
















प्रतिक्रिया