१ कार्तिक २०८३, आइतबार

तुवाँलोले हवाई सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Airlines Jahaj

डोल्पा, २० वैशाख । डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

वैशाखको पहिलो हप्ता डोल्पाको आकाशमा देखिएकोे तुवाँलोका कारण चार दिनदेखि हवाई सेवा बन्द भएको हो । तुवाँलोले जुफाल विमानस्थल पनि छोपिएर एक छेउबाट अर्को छेउ पनि नदेखिने भएको तारा एअरका स्टेसन प्रमुख कृष्ण पौडेलले बताए ।

धुवाँजस्तो देखिने तुवाँलोका कारण डोल्पाको आकाश अन्धकारमय भएकाले हवाई सेवा सञ्चालन गर्ने टुङ्गो नभएको नागरिक उड्डयन प्राधिकरण, डोल्पाले जनाएको छ ।

शुक्रबारदेखि उडान नभएपछि सर्वसाधारण अलपत्र परेका छन् । उपचारका लागि जिल्ला बाहिर जाने बिरामीलाई समस्या भएको छ । कतिपय सर्वसाधारणले विकल्पका रुपमा पैदल मार्ग रोजेका छन् ।

उपचारका लागि नेपालगन्ज जान विमानस्थलमा चारदिनदेखि बस्दै आएको भएपनि विमानस्थल नखुलेपछि पैदल मार्ग रोजेको त्रिपुराकोटकी स्थानीयवासी सुस्मिता बोहराले बताइन् ।

उडान नहुँदा डोल्पामा दैनिक उपभोग्य वस्तुको अभाव भई मूल्य बढेको छ । रासस