८ कार्तिक २०८३, आइतबार

यसकारण ओली सरकार ढाल्ने निष्कर्षमा पुग्यो भारत, चीनसँग नजिकिदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Oli

काठमाडौं, २० वैशाख । ओली सरकारले आउँदा २०७३ जेठ १५ मा बजेट ल्याउँदैछ ।

संविधान अनुसार १५ जेठभित्र बजेट आउनै पर्ने हुन्छ । बजेट ल्यायो भने यो सरकार अरु केही महिना चल्नेछ । मुख्य कुरा बजेटले आत्मनिर्भरता र चीनसँगको सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनेछ । यो कुरा भारत चाहँदैन ।

कांग्रेस र मधेसी मोर्चाले ओली सरकार विस्थापित गरेर आफूहरु सत्तासीन हुन चाहनु अस्वभाविक होइन । मुख्य कुरा बजेट हो । बजेट ल्याउन दियो यो सरकारको दिग्विजय हुनेछ, प्रकारान्तरले ग्रान्ड डिजाइनकर्ताहरुको हार समेत हुनेछ ।

आफै प्रधानमन्त्री हुने अवस्था बाहेक ओली सरकार गिराउन योगदान नगर्ने संकेत प्रचण्डले बारम्बार दिइसकेका छन् ।

जानकार स्रोतहरुका अनुसार विभिन्न शक्ति केन्द्रहरुलाई प्रचण्डले ओलीलाई गिराएर देउवालाई ल्याउँदा मैले के पाउँछु ? भनेर सोध्ने गरेका छन् । साँघु साप्ताहिकमा समाचार छ ।