काठमाडौं, २० वैशाख । आर्थिक वर्षको अन्तिम चौमासिक अवधि दुई महिना मात्र बाँकी हुँदासमेत स्थानीय विकास मन्त्रालयले विकास निर्माणसँग सम्बन्धित जिल्ला विकास समिति र नगरपालिकाहरूमा कार्यालय प्रमुख खटाउन सकेको छैन ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सप्तरी, रौतहट र तनहुँ जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी (एलडीओ) खटाउन सकेको छैन । तर, मन्त्रालयको बरन्डामा १७ उपसचिवमध्ये कतिपय ६ महिनादेखि हाजिर गर्दै हाई काढ्दै बसेका छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।
सप्तरीमा पदस्थापना गरिएका एलडीओ पुरुषोत्तम ढकाललाई उपसभामुख गंगा यादवले विरोध गरेपछि डडेलधुरा खटाइएको छ ।
रौतहटका एलडीओ बन्दना झाको सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि काजफिर्ता भएको छ । उनको तीन महिने काजअवधि वैशाख १० गते नै सकिएको हो ।
पाँच महिना बरन्डामा बसी तनहुँ सरुवा भएका उदय राना वैशाख १६ गते सहसचिव बढुवापछि तनहुँमा एलडीओ खाली भएको छ ।
त्यस्तै चैत अन्तिममा नगरपालिकाहरूमा पदस्थापना गरिएका उपसचिवहरू वैशाख १९ गतेसम्म खटाएका उपसचिवहरू वैशाख १९ गतेसम्म खटाएको कार्यालयमा गएका छैनन् ।















प्रतिक्रिया