१ कार्तिक २०८३, आइतबार

रानीपोखरीको पुनःनिर्माण गर्न समस्या, तत्काल पुनःनिर्माणको काम स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rani-Pokariकाठमाडौँ, १९ वैशाख । रानीपोखरीको बीचभागमा रहेको (म्युजिकल फाउन्टेन) पानीको फोहोराका कारण पानी निकाल्ने काम हुन नसक्दा तत्काल पुनःनिर्माणको काम स्थगित भएको छ ।

चार दिनदेखि पोखरीको पानी निकल्ने काम सुरु भएपनि बीच भागमा रहेको म्युजिकल फाउन्टेनका कारण तत्कालका लागि काम स्थगित गर्नुपरेको पुनःनिर्माणका लागि जिम्मा लिएको वल्र्डवाईड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताए ।

उनका अनुसार २० वटा जति रहेको उक्त फाउन्टेन निकाल्ने काम सक्नेबित्तिकै बाँकी पानी फल्ने र अन्य काम सुरु हुनेछ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामको रुपमा रहेको पोखरीको हिलो फालिनेछ ।

गत वैशाखको भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सो मन्दिरको पनि पुनःनिर्माणको काम पनि सँगै गरिनेछ । मन्दिर आगामी बुधबारदेखि पुरातत्व विभागको रोहवरमा भत्काउन सुरु गरिनेछ ।

रानीपोखरीको पुनःनिर्माणअन्र्तगत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियाली बनाउने बताइएको छ । रासस