– दिनेश अर्याल
काठमाडौं, १९ वैशाख । नेपालकै सबै भन्दा धेरै कर तिर्ने कम्पनी को दर्जा पाएको एनसेल र टेलियासोनेरा हालको टेलिया कम्पनी फेरि एक पटक विवादमा आएको छ ।
रु १० करोड को लागत मा सुरु भएको मेरो मोबाएल कम्पनी आहिले आएर १ खर्ब ४० अर्ब मा मलेसियन कम्पनी Axiata लाई बिक्रि भएको छ । नेपालमा रहुन्जेल नेपालको कानुन अनुसार कर तिर्दै आएको टेलियासोनेरा आहिले आएर नाम नै परिवर्तन गरेर गुमनाम झैँ भएर बसेको छ । नेपाल बाट आफ्नो सबै स्वमित्त स्वीडेन कम्पनी Reynolds Holdings Ltd को मार्फत बाट Axiata लाई हस्तान्तरण गरिसकेको छ ।
तर दुर्भाग्य भन्नु पर्छ यूरोप को नाम चलेको कम्पनी ले आफ्नो स्वमित्त अर्को कम्पनी लाई हस्तान्तरण गर्दा सरकार लाई बुझाउनु पर्ने कर आज का मिति सम्म बुझाएको छैन । हामी ले बिसेस सुत्र का मध्यम बाट बुझ्दा आहिले टेलियासोनेरा को तर्फा बाट एनसेल मा कार्यरत माथिल्लो तह का तीन कर्मचारी नेपाल बाट बाहिर आफ्नो देश तर्फ लागि सकेको भन्ने थाहा भयो । एनसेल का तत्कालिन कार्यकारी प्रमुख ERIM TAYLANLAR र फाईनान्स निर्देशक CAROLINA BUGAIAN र technical Department कि उप निर्देशक Nesrin Sermin 5 दिन आगि नै नेपाल बाट आफ्नो सम्पूर्ण सरसामग्री लिएर by road हुदै इंडिया पुगेर आफ्नो आफ्नो देश तर्फ़ लागि सकेको सूचना प्राप्त भएको छ ।
हाल एनसेल संग ERIM TAYLANLAR को international driving licence बाहेक अरु केहि छैन । ERIM TAYLANLAR बस्दै आएको महाराजगन्ज इस्थित निवास हालै मात्रै खाली गरिएको छ । यो समाचार तयार पारुन्जेल एनसेल बाट टेलियासोनेराले आफ्ना पुराना कर्मचारी बिभिन्न मध्यम बाट फिर्ता लाने काम रोकिएको छैन । यो सबै खेल नेपाल सरकार लाई बुझाउनुपर्ने कर नबुझाउन को लागि गरिएको हो । यो सबै का पछाडी टेलिया का बिस्वसिला पात्र र हाल एनसेल का मानव संसाधन विभाग का निर्देशक MITHAT ORAL को महत्पूर्ण भूमिका देखिएको छ । MITHAT ORAL हाल नेपाल मै रही एनसेल र Axiata बीच भएको समझाउता मिलाउन लागि परेको छन् । ERIM , CAROLINA र Nesrin को नेपाल मा रहेको सरसामान MITHAT ORAL को माध्यम बाट International Airport हुदै उनिहरु को देश पठाई सकेको कुरा पनि खुल्न आएको छ । माथि उलेखित ४ बेक्ती टुर्किस मुलुक का हुन र एक ले अर्का लाई सहयोग गर्न तत्पर देखिएका छन ।
MITHAT ORAL को मध्यम बाट बिभिन्न निकाएमा कुराकानी भएर तत्कालिन कार्यकारी प्रमुख ERIM TAYLANLAR र फाईनान्स निर्देशक CAROLINA BUGAIAN र technical Department कि उप निर्देशक Nesrin Sermin लाई फिर्ता जाने बाटो सुरछित गरिएको हो । यो खेल का पछाडी कस कस को भूमिका छ भन्ने त समयले नै देखाउला तर हाल Oral को भूमिका ले नेपाल र नेपाली आर्थतंत्र मा पक्कै पनि असोचनीय घाटा भने पुगेको छ । एउटा सानो मुलुक ले ३४ अर्ब कर गुमाउनु भनेको आर्थतंत्र मा धेरै ठुलो हास आउनु बराबर नै हो । भुइचालो बाट थकित नेपाल को कुनै एउटा समस्या ग्रस्त जिल्ला को पुननिर्माण गर्न मिल्ने पैसा देश ले गुमाउदा पनि राजस्व अनुसन्धान बिभाग, ठुला करदाता, नेपाल राष्ट्र बैंक, दुरसंचार प्राधिकरण, सूचना बिभाग, अख्तियार अनुसन्धान आयोग, उद्योग बिभाग लगायत का निकाय मौन बस्नु को कारण के भन्ने प्रस्न आम जनता मा उठ्नु स्वभाभिक नै हो । एनसेल प्रकरण का दोषी हरु मध्येका एक MITHAT Oral को अब को भूमिका के हुने छ एनसेल कर प्रकरण मा यो कुरा भने सोचनिय छ ।
















प्रतिक्रिया