– भोबिन्द्र शाह
बाजुरा, १९ वैशाख । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी नहुँदा सदरमुकामबासी काकाकुल बनेका छन् ।
खडेरीका कारण पानीका मुहान सुक्दै गएपछि मार्तडी बृहत खानेपानीको रिर्जव ट्याङकी समेत खाली भएको छ । सदरमुकाममा खानेपानीको हाहाकारको सिर्जना आएको मार्तडी खानेपानी उपभोक्ता महासंघ बाजुराका सूर्यकिरण बिकले जानकारी दिएका छन् ।
खानेपानीको समस्या सदरमुकामबासी मात्र नभएर खडेरीका कारण जिल्लाका १ नगरपालिका र २४ गाविसमा खानेपानी मुहान सुक्दै गएपछि स्थानीयहरुलाई थप चिन्तित बनाएको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलय बाजुराका प्रमुख रामेश्वर घिमिरेले बताएका छन् ।
बिशेष गरेर सदरमुकाममा त पानीको समस्या कहिल्यै हुदैन्थ्यो अहिलेको जस्तो समस्या कहिल्यै नआएको २० वर्षदेखि होटल ब्यबसाय गर्दै आएका टेकबहादुर बुढाले बताए ।
पहिले खानेपानी उपभोक्ता महासंघले दिनभर पानीको धारा छोडिदिन्थ्यो तर आजभोलि १ घण्टा मात्र पानी छोड्छ त्यो पनि पाइपभरि आउँदैन बडिमालिका नगरपालिका १२ का अंगे रावलले बताएका छन ।












प्रतिक्रिया