काठमाडौं, १९ वैशाख । दक्षिण कोरियामा रोजगारीका लागि ६० हजार ५ सय भन्दा बढी युवाले आवेदन दिएका छन् ।
कोरियाले ३१ सय नेपालीलाई लैजाने तयारी गरेको छ । आगामी असार ४ र ५ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन चार दिनमा ६० हजार बढीको आवेदन परेको छ ।
साढे ६० हजारमा १ सयसम्म आवेदक थप हुन सक्ने इपीएस कोरिया शाखाले जनाएको छ ।
दक्षिण कोरियाले भाषा परीक्षामा ३ हजार १ सय नेपालीलाई मात्रै उत्तीर्ण गराउने बताएको छ ।
काठमाडौंबाट ३१ हजारभन्दा बढी युवाले आवेदन भरेका छन् । काठमाडौंमा ५ वटा केन्द्रहरुमा आवेदन बुझिएको थियो ।
मधेसका लागि लक्षित गरेर जनकपुरमा आवेदन संकलन केन्द्र राखिएको थियो । तर, निकै कम मात्र आवेदन परेको छ । जनकपुरमा साढे २ सय आवेदन पनि परेनन् । जनकपुरमा पहिलो दिनमा ८३, दोस्रोमा ४३, तेस्रोमा ७० र आज चौंथो दिनमा २२ जनाले दरखास्त दिएका छन् ।















प्रतिक्रिया