३० आश्विन २०८३, शुक्रबार

भगौडा उद्योगपति भन्छन्, ‘मेरो पासपोर्ट रद्द वा पक्राउ गर्दैमा पैसा असुल हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijay Mallya afpलन्डन, १९ वैशाख । चर्को विवादमा घेरिएका भारतका बिबादास्पद उद्योगपति विजय माल्याले आफ्नो पासपोर्ट रद्द वा पक्राउ गर्दैमा कुनै पैसा असुल नहुने बताएका छन् ।

लन्डनको फाइनेंशियल टाइम्ससँगको साक्षात्कारमा माल्याले भनेका छन्, ‘मेरो पासपोर्ट रद्द गर्ने वा गिरफ्तारीले कुनै पैसा मिलने वाला छैन ।’ उनले आफ्नो व्यवसायको दुखद् अध्यायलाई बन्द गर्न चाहेको बताएका छन् ।

‘मैले बैंकहरूसँग सधै कुरा गर्दै आएको छु’, माल्याले भनेका छन्, ‘ऋण तिर्न चाहेको छु । मेरो क्षमताअनुसार ऋण तिर्न खोजे पनि बैंकहरूले मानेका छैनन् ।’ माल्याले ऋणको व्याजलाई घटार तिर्न खोजेका थिए । तर, बैंकहरूले सावा र व्याज चाहिनेभन्दै आएका छन् ।

भारतीय विदेश मन्त्रालयले उद्योगपति विजय माल्याको पासपोर्ट रद्द गरी दिएको छ । उनी विरुद्ध वारेन्ट पनि जारी भएको छ । माल्याको निर्वासित जीवनका विषयमा पनि भारत सरकारले छलफल गरिरहेको बीबीसीले जनाएको छ ।

प्रवर्तन निदेशालयले १३ अप्रिल, २०१६ मा विजय माल्याको पासपोर्ट निलंबित गर्न माग गरेको थियो । निदेशालयका अनुसार तीन पटक नोटिस दिए पनि विजय माल्या एजेंसी समक्ष हाजिर नभएको जनाइएको छ ।

160429120429_vijay_mallya_624x351_afpआईडीबीआई बैंकलाई विजय माल्याले ९०० करोडभन्दा बढी भारतीय मुद्रा ऋण तिरेका छैनन् ।

भारत सरकारले विजय माल्यालाई सुपुर्दगीका लागि ब्रिटेनसँग कोशिश गरिरहेको समाचारमा उल्लेख छ । माल्याले किंगफिरका विषयमा विश्वकै राम्रा अडिटरलाई लगेर अडिट गर्ने पक्षमा रहे पनि आफूलाई सम्पत्तिमा अधिकार नदिएकाले अडिट गर्न नसकेको गुनासो पनि गरेका छन् ।

व्यवासयी विजय माल्याले नरेन्द्र मोदी सरकार आफू विरुद्ध नलागेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री मोदीको प्रसंशा गर्दै राज्य सभामा पनि भारतीय जनता पार्टीको बहुमत होस् भन्ने पक्षमा आफू रहेको उल्लेख गरेका छन् ।

आफूलाई भारतीय हुँभन्दा गर्भ लाग्ने गरेको बताएका माल्या आजकाल लन्डनमा आलिसन आफ्नै घरमा बस्दै आएका छन् । भारतमा विरोध भएपछि राज्य सभाको सदस्यको हैसियतमा कुटनीतिक राहदानी प्रयोग गरेर विजय माल्या लन्डन पुगेका हुन् । उनी लन्डन दुई मार्चमा प्रस्थान गरेका थिए ।