८ कार्तिक २०८३, आइतबार

अब सहरमा घर बनाउन सरकारले अनुदान दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौं, १९ वैशाख । सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ ।

सरकारले दिइने अनुदानबाट सम्वन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्वन्धी कार्यविधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको हो ।

भूकमपबाट घर क्षतिपाउने अनुदानको सम्झौता गर्ने बखतमा सम्वन्धित पीडितले सोही गाँउको सट्टा छिकेकी गाबिस वा सहरी क्षेत्रमा घर बनाउने चाहे अनुदान दिने गरी कार्य विधि तयार गरिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रवत्ता रामप्रसाद थपलियाले भने, ‘अनुदान सम्झौताको बखत पीडितले सहरी क्षेत्रमा रहेको लालपुर्जाको फोटोकपी भने उपलव्ध गराउनुपर्नेछ । ‘

यो निर्णय अनुसार सम्बन्धित पीडितको नाममा सहरमा जग्गा भए वा निजले अनुदान सम्झोता गर्नुअघि नै ज्ग्गा खरिद गरे सो अनुदान सहरी क्षेत्रमा रहेको जग्गामा घर बनाउन उपयोग गर्न पाउनेछ ।