८ कार्तिक २०८३, आइतबार

चीनमा यसरी गरिन्छ शिक्षकको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China Teacherकाठमाडौं, १९ वैशाख । विश्वभरका शिक्षकमाथि गरिएको एक सर्वेक्षणले चीनमा शिक्षकलाई सबैभन्दा ज्यादा सम्मान गरिने औंल्याएको छ ।

शिक्षकलाई चिकित्सकसरह दर्जा दिइने चीन एउटा मात्र राष्ट्र हो । नागरिक दैनिकले समाचार छापेको छ ।

अन्य देशमा भने शिक्षण पेसालाई सामाजिक कार्यका रुपमा हेर्ने गरिन्छ ।

अमेरिका, ब्राजिल, फ्रान्स र टर्कीमा शिक्षकलाई पुस्तक व्यवस्थापक जस्तो मानिन्छ ।

ग्लोबल टिचर स्टाटस इन्डेक्सका अनुसार अमेरिका र बेलायतमा शिक्षणलाई मध्यम स्तरको पेसा मानिन्छ ।

दक्षिण कोरिया, टर्की, इजिप्ट र ग्रिसले शिक्षणलाई अति सम्मानित पेसाका रुपमा मानेका छन् । सूचीको सवैभन्दा पुछारमा इजरायल छ ।

यो सर्भे सने २०१३ मा २१ राष्ट्रमाथि गरिएको थियो ।

प्राध्यापक पिटर डाल्टन र डा ओस्कार मार्सिनारो गुटिएरेजले पहिलो पटक संसारभरकै शिक्षकको इज्जत मापन गर्ने प्रयास गरेका थिए । एक हजार व्यक्तिमाझ गरिएको थियो सर्वेक्षण ।