काठमाडौं, १८ वैशाख । मनास्लु तथा लोत्से हिमालको हिरक महोत्सब पारेर नेपाल पर्बतारोहण संघ र नेपाल सरकारको आयोजनामा विश्वका पर्ख्यात आरोहीहरुलाई शनिबार काठमाडौँका भिभिन्न ठाउँहरुमा नगर परिकर्मा गराइएको छ ।
सन् १९५६ मा पहिलो पटक आरोहण गरेका जापानीज नागरिक हिगेटा लगायत चर्चित आरोहीहरु आंगरिता शेर्पा, टेड एटकिन्स, संजय पण्डित तथा मनास्लु र लोत्से हिमाल आरोहण गर्ने अन्य आरोहीहरुलाई खुलामंच, रत्नपार्क, जमल र ठमेल हुँदै नारायणी संग्रालयमा मनास्लु हिमालका प्रथम आरोही हिगेटा लाई अभिनन्दन गरिएको थियो ।
त्यसैगरी अन्य चर्चित आरोहीहरुलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।














प्रतिक्रिया