१७ कार्तिक २०८३, मंगलबार

इस्टुको एकता महाधिवेशनः ‘निजी शैक्षिक संस्थामा भएका विकृति विरुद्ध लडछौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Education-vela

– यमबहादुर बम
काठमाडौं, १८ वैशाख । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको दुई शिक्षक युनियनबीच एकता भएको छ ।

विगतमा नेपाल इस्टु र इस्टु नेपालका नाममा रहेका दुई फरक युनियनहरू रहेकोमा शनिबार काठमाडौंमा आयोजित एकताको चौथो महाधिवेशनबा दुबै इस्ट्ुबीच एकता भएको हो ।

इस्टुका अध्यक्ष मुकुन्द गौतमले निजी विद्यालयमा कार्यरत शिक्षकहरू नै अलग-अलग हुँदा माग राख्न पनि गाह्रो भएकाले द्ुबै इस्टुबीच एकता गरिएको बताए । ‘शिक्षा ब्यापारिक बस्तु होइन, तर यहाँ शिक्षाको व्यापार हुँदैछ ।’ अध्यक्ष गौतमले भने- ‘हामी शिक्षकको हक, अधिकार र निजी शैक्षिक संस्थामा भएका विकृति विरुद्ध लडछौं ।’

नेपालमा रहेका प्राथमिक विद्यालयदेखि उच्च माविसम्मका संस्थागत (निजी) विद्यालयमा कार्यरत शिक्षकहरूलाई नियुक्ति पत्र दिनुपर्ने, विद्यालयमा निरन्तर पढाए अनुसारको उचित पारिश्रमिक दिनुपर्ने, पारिश्रमिक बढाउन माग गरे विद्यालयबाटै बर्खास्त हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग महाधिवेशनमा राखिएको छ ।

नेपाल शिक्षक संगंठनका अध्यक्ष बाबुराम थापाले देशलाई आमूल परिवर्तन र संस्थागत विकास गर्नमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको र इस्टुको एकताले शिक्षाको गुणस्तर विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयमा कार्यरत शिक्षकहरूबीच एकता नहुँदा पनि शिक्षकहरूको पेशागत मागलाई सशक्त रुपमा अघि बढाउन नसकिएको बताए ।

सामान्य प्रशासनमन्त्री रेखा शर्माले नेपालको हरेक परिवर्तनमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहदै आएको बताइन् ।

मन्त्री शर्माले शिक्षकले राजनीति गर्न पाउने की नपाउने भन्ने विषयमा बहस गर्न आवश्यक रहेको बताइन् । शिक्षक संगठनको पेशागत संगठन आवश्यक रहेको भन्दै उनले आगामी दिनमा शिक्षकहरुले रचनात्मक ढंगले शिक्षाको विकास गर्नुपर्नेमा जोड दिइन् । आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनले काठमाडौं घोषणा पत्र पनि जारी गर्नेछ ।