१७ कार्तिक २०८३, मंगलबार

‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीका निर्देशक पाण्डे सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-panday-samman

काठमाडौं, १८ वैशाख । ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डे सम्मानित भएका छन् ।

शनिबार नेकपा एमालेको लमजुङ-काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान कार्यक्रममा विनाशकारी भूकम्पमा बाँचेकाहरुको कथालाई समेटेर तयार पारिएको डकुमेन्ट्रीले देश विदेशमा अवार्ड जितेर लमजुङ र नेपालको शिर उचो बनाएको भन्दै लमजुङ निवासी पाण्डेलाई सम्मान गरेको हो ।

Ganesh-panday-samman-1

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, किसान महासंघका उपमहासचिव डिबी कार्की र मञ्चका अध्यक्ष नन्दराज गुरुङले खादा लगाएर सम्मानपत्र प्रदान गरे ।

दैनिक नेपालका प्रधान सम्पादक समेत रहेका पाण्डेको उक्त डकुमेन्ट्रीले ६ वटा देशमा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ भने ३२ देशमा सहभागी भएको छ । डकुमेन्ट्रीमा विनाशकारी भूकम्पमा बाँचेकाहरुको कथा रहेको छ ।

सम्मान ग्रहण गर्दै निर्देशक पाण्डेले यो सम्मानले आगामी दिनमा अझै राम्रो काम गर्न प्रोत्साहन गरेको बताए ।