८ कार्तिक २०८३, आइतबार

पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणले एमाओवादीमा खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र
विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको आकस्मिक भारत भ्रमण मुलुकमा विद्यमान असहज परिस्थितिको उपज भएको भन्दै एमाओवादी स्थायी समिति बैठकका सहभागीले यसबारे गम्भिर हुन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

बैठकका सहभागीहरुले गठबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष समेत निकालेका छन् ।

संविधान कार्यान्वयन प्रक्रियामा जान नसकेको, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम सफलतासाथ अघि बढ्न नसकेकाले पूर्वराजालाई गोप्य रुपमा भारतले निम्त्याएको हुनसक्ने भन्दै यसबारे स्थायी समिति गम्भिर हुनुपर्ने सहभागीहरुले बताए ।

गणतन्त्रका १० वर्षमै यस्तो परिस्थिति आउनुमा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको गठबन्धन सरकारको असफलता कारण रहेको अधिकांश सहभागिले बताएको स्रोतले उल्लेख गर्यो ।

पूर्वराजा ज्ञानेन्द्रको यो भारत भ्रमण गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि ठूलै चुनौती रहेकोतर्फ गम्भीर हुन र त्यसका लागि तत्कालै ठोस र प्रभावकारी कदम चाल्नसमेत बैठकले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माग गरेको जानकारी बैठक स्रोतले दियो ।

पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणको परिस्थिति उत्पन्न हुनुमा सरकारको असफलता नै कारण रहेको दाबी स्रोतले गर्‍यो । अन्नपूर्ण पोष्टमा समाचार छ ।