– कृष्ण ओझा
पाँचथर, १७ वैशाख । जिल्ला हुलाक कार्यालय पाँचथरको नव र्निमित भवन उद्धघाटन गर्न आएका हुलाक सेवा बिभागका महार्निदेशक द्रोण प्रसाद पोखरेलले अब जनताहरुको घरमा इन्टरनेटसहित हुलाक सेवा प्रवाह गर्ने बताएका छन् ।
फिदिम आएका पोखरेलले इमेल, इन्टरनेटमार्फत रेमिट्यान्स घर घरमा पुर्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा क्षेत्रीय निर्देशक बिराटनगरका डगेन्द्र प्रसाद पराजुलीले हुलाक सेवाको प्रभावकारी, सूचना विभागले प्रत्साहित गरेको र नयाँ नीतिनियम ल्याउन प्रयत्न गरिरहेको साथै हुलाक बचत बैंकबारे बोलेका थिए ।
प्रमूख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले नयाँ भवनले सेवाग्राही मैत्री सेवा दिने धारणा राखे ।
















प्रतिक्रिया