ललितपुर, १७ बैशाख । ललितपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालकुमारीस्थित वासिङ्ग सेन्टरमा बा.१ ज ३५१० नम्बरको ट्याक्सी धुने क्रममा शुक्रबार अचानक पानी मोटरमा करेन्ट सर्ट भई करेन्ट लाग्दा वासिङ्ग सेन्टरमा काम गर्ने कामदार मोरङ्ग बिराटनगरका ३४ वर्षीय दिलिप तामाङ्गको उपचारको लागि बि.एण्ड बि. अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
घाइते भएका उक्त ट्याक्सीका चालक बालकुमारी बस्ने बारा डुम्वरवाना–१५ का ३४ वर्षीय खेनमसिंह पाख्रिनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया