८ कार्तिक २०८३, आइतबार

अमेरिका छिर्न खोज्ने नेपालीलाई फिर्ता पठाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-city-images-16काठमाडौं, १७ वैशाख । लाखौं रुपैयाँ खर्चदैँ शारीरिक जोखिम मोलेर मानव तस्करीको लहलहैमा अफ्रिकाबाट जल र स्थल मार्ग हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरु अब दक्षिण अमेरिकी मुलुकबाटै फर्काइने भएका छन् ।

खासै सुरक्षा जाँच नगरिदिने वा अध्यागमनले आँखा चिम्लिदिने गरेकै कारण नेपालीसहितका आप्रवासी दक्षिण अमेरिकी मुलुकबाट अत्यत्न कष्ट सहेर भए पनि अमेरिका प्रवेश गर्दै आएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अब दक्षिण अमेरिकी मुलुकहरुले अध्यागमन र सीमामा कडाइ मात्र होइन, सिधा डिपोर्टको नीति लिएपछि गैरकानुनी रुपमा अमेरिका जान प्रयास गर्नेहरु बीचबाटै स्वदेश फर्कनुपर्ने स्थिति आएको हो ।