काठमाडौ, १६ बैशाख । नेपाल राष्ट्रिय तामाङ्ग घेदुङ्ग को सांस्कृतिक भवन निर्माणको सहयोगार्थ बैशाख १७ गते देखि २७ गतेसम्म राजधानीमा खुल्लामञ्च औद्योगिक, सस्कृतिक, पर्यटन तथा ब्यापार मेलाको आयोजना हुने भएको छ ।
नेपाल राष्ट्रिय तामाङ्ग घेदुङ्गको आयोजना र औद्योगिक शान्ति नेपाल सस्था प्रालीको सहआयोजनामा राजधानीको खुल्लामञ्चमा हुने मेलामा कृषि, हस्तकला उत्पादनका साथै तामाङ्ग जातिको सस्कृति र पहिचान झल्कने सामग्रीहरुको बृहद प्रर्दशनी हुने बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकरा सम्मेलनमा जानकारी दिईयो ।
झण्डै दुई सय वटा स्टल रहने मेला नाकाबन्दी र भूकम्पपछि अस्तब्यस्त बनेको मुलुकको आर्थिक क्षेत्रमा उत्साह जगाउने र गाँउका कृषि उत्पादनको प्रर्वद्धन गर्ने उदेश्यसहित मेलाको आयोजना गर्न लागिएको घेदुङका अध्यक्ष बीरबहादुर योञ्जनले जानकारी दिए ।
प्रवेश निःशुल्क रहने मेलामा स्टलको भाडाबाट उड्ने रकमबाट संस्कृति भवनको निर्माण गरिने आयोजकको योजना छ । मेलामा बस्तु प्रर्दंशनीको साथै प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने, नृत्य प्रतियोगिताको आयोजना पनि गरिने छ ।
नृत्य प्रतियोगितामा पहिलो हुनेले नगद २० हजारको साथै निःशुल्क तीन महिने डान्स कोर्स, द्धितिय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ५ हजार नगर पुरस्कार दिईने आयोजकले जानकारी दिए ।
















प्रतिक्रिया