१ कार्तिक २०८३, आइतबार

अमेरिकाले सुर्खेतबाट यसरी गर्दैछ चीनविरुद्ध गुप्तचरी, ड्रोन उडाउने म्यागी गिरफ्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maggy Doyne

‘म आफै प्रहरी कार्यालय जान्छु, तपाईले पक्राउ गर्नुपर्दैन’, म्यागीको भनाइ उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘विदेशी पुरुषले मैले चलाएको हुँ, डोयनले निर्देशन दिएकी हुन भनेपछि उनलाई पनि प्रहरी कार्यालयमै पुगाएका हौँ ।’ जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र श्रेष्ठले यसबारेमा मुख खोल्न चाहेनन् । उनले अुनसन्धान भइरहेको छ, पर्खनुहोस् भन्दै पन्छिए । सुर्खेत उपत्यकाभित्र रहेका सुरक्षा निकायको भवन र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा पनि ड्रोन क्यामरा उडाएको आशंका गरिएको छ । पक्राउ पर्नुअघि डोयनले वीरेन्द्रनगरको रातोपुल र क्षेत्रीय अस्पताल नजिकैको आकाशबाट पनि ड्रोन क्यामरा उडाएको स्थानीयबासीले बताएका छन् । तर, उनीहरू त्यो क्षेत्रबाट आधा घण्टामै सबैलाई छल्दै काँक्रेविहार जंगल हानिएका थिए । स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई ड्रोन क्यामरा उडाउने व्यक्तिलाई खोज्न आदेश दिएको थियो ।