८ कार्तिक २०८३, आइतबार

नक्कली इन्जिनियर पक्राउ प्रकरणमा काउन्सिल नै छानविनको घेरामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakkli-Ingeneirकाठमाडौं, १६ वैशाख । महानगरीय अपराध महाशाखाले तीन जना नक्कली इन्जिनियरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराई केही इन्जिनियरहरुले काम गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उपत्यकाका बिभिन्न ठाउँबाट महाशाखाको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

केही समय अघि केन्द्रीय अनुसन्धान व्यूरो(सिआईवी)ले दर्जनौ नक्क्ली डाक्टरहरुलाई पक्राउ गरी कारबाही गरेपछि इन्जिनियरहरुलाई पनि शंकाको घेरामा राखिएको थियो ।

महाशाखाले पक्राउ गरेका नक्कली इन्जिनियरहरुमा डोटी दिपायल सिलगढी नगरपालिका–३ का हितेश सिंह, खोटाङ बाकसिला गाबिस–८ का पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठ–३ का सनत श्रेष्ठ रहेका छन् ।

त्यसैगरी नक्कली प्रमाणपत्र बनाई प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराउने ललितपुर–१८ गाबाहलका कम्प्युटर डिजाइनर अंकित खड्का र ललितपुर–१४ नख्खिपोटका सुबित खड्कालाई पनि पक्राउ गरेको छ ।

महाशाखाको अनुसन्धान टोलीले ललितपुर उपमहानगरपाकिला–१८ गाबहालस्थित कम्प्यूटर डिजाइनर कार्यालयबाट कम्प्यूटर लगायतका उपकरणहरु तथा नक्कली छापसहित नक्कली इन्जिनियरिङको प्रमाणपत्र र नक्कली कागजात बरामद गरेको छ । उनीहरुलाई थप कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको महाशाखाका एसपी सहकुलबहादुर थापाले बताए । महाशाखाको कारबाहीपछि नक्कली कागजातहरु तयार पारी इन्जिनियरिङ काउन्सिलमा दर्ता गराई काम गर्दै आएका धेरै इन्जिनियरहरु तानिनसक्ने देखिन्छ ।

नक्कली कागजातलाई रुजु नै नगरी काउन्सिलमा दर्ता गराउने कार्यमा सक्रिय कर्मचारीहरु पनि फन्दामा पर्ने देखिएको छ ।

काउन्सिलमा त्यस्ता नक्कली प्रमाणपत्र दर्ता गराउने कार्यमा कुनै पनि कर्मचारीको संलग्नता रहेको भेटिएमा उनीहरुमाथि पनि कारबाही हुने एसपी थापाले बताए ।