बनेपा, १८ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरे भन्ने ठाउँमा गएको पहिरोको स्थलगत जानकारी लिनुभएको छ । उहाँले बाढी पीडितहरुलाई भेटेर उक्त जानकारी लिनुभएको हो ।
पीडितहरुले आफ्ना आफन्त अहिलेसम्म पनि फेला नपरेको र आफ्नो जनधनको ठूलो क्षति भएको गुनासो गरेका थिए ।
उहाँले विशेषज्ञहरुको टोली परिचालन गरी बेपत्ताहरुको खोजी कार्य जारी रहेको उल्लेख गर्दै बाढी पहिरोबाट भएको क्षतिको मूल्याङ्कन नगरी सरकारले स्थायी व्यवस्था गर्ने जानकारी दिनुभयो ।
सुनकोसी नदी थुनिएपछि अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अहिले पनि उद्धारको काम जारी राखेका छन् ।
















प्रतिक्रिया