झापा, १४ वैशाख । विश्व प्रसिद्ध जापनिज टोयटा कम्पनीका गाडीहरुको आठौ शाखा झापाको विर्तामोडमा उद्घाटन भएको छ ।
टोयटा कम्पनीको गाडीहरुको नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले आज झापाको विर्तामोडमा आठौ शाखा उद्घाटन गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल तथा युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिका प्रबन्धक रमेश उप्रेतीले संयुक्त रुपमा शाखा उद्घाटन गरे ।
मेची अञ्चलका लागि विर्तामोडको कान्तिपुर अटो लिंकले आज मगलवारबाट कारोवार समेत शुरु गरेको छ ।
झापा विर्तामोडमा देवी मैनालीले ४४ लाख रुपैयाको टोयटा गाडी खरिद गरिसँगै कारोवार समेत शुरु गरिएको कान्तिपुर अटो लिंकका सञ्चालक राजेश उप्रेतीले जानकारी दिए ।
विगत ५० वर्षदेखि टोयटा कम्पनीका गाडिहरु विक्री गर्ने विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिका सञ्चालक रमेश उप्रेतीले टोयटा गाडी नेपालको सडक सुहाउदो तथा बजबुद एवम भरपर्दो रहेको बताए ।
काठमाडौ बाहिर पोखरा, धनगढी, भैरहवा, नेपालगञ्ज, चितवन, बुटवल, विराटनगरसहित भापामा समेत शाखा शुरु गरिएको छ ।
















प्रतिक्रिया