८ कार्तिक २०८३, आइतबार

श्रीमतीको उपचार बहानामा दिल्ली पुगेका देउवालाई भारतले दियो तीनवटा दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेता जित्नासाथ शेरबहादुर देउवा आरजुको उपचार बाहनामा भारतको नयाँ दिल्ली पुगे ।

यता ओलीसँग रुष्ट भारतलाई रिझाएर प्रधानमन्त्री बन्ने सवै प्रमाणलाई पुरा गरेका देउवाको भारतसँग त्यति गहिरो सम्बन्ध नभएपनि उनी सम्बन्ध बलियो बनाउनका लागि दिल्लि भ्रमणमा पुगेका हुन् ।

यता नेपाली कांग्रेसको महाधिवेशनको नयाँ नेतृत्व आउनासाथ सरकारमा प्रभाव पर्ने आँकलनको हावा चलिरहेका बेला सभापति देउवाले दिल्लिमा दिल जोड्नुलाई हल्लालाई बल पुगेको रुपमा बुझ्न थालिएको छ ।

तर, माओवादी युद्धकालमा भारतसँगको आफ्नो सम्बन्ध चिसो बनाएका देउवालाई तत्काल भारतले विश्वास गर्ला र ? भन्नेहरु पनि कम छैनन् । प्रधानमन्त्री भएका बेला देउवाले गोली बेल्जियमसँग किन्ने निर्णय गरेका कारण तत्कालिन राजामार्फत भारतले उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गराउने रणनीति चालेको थियो ।

यद्यपि, अहिले ओली सरकारको विकल्पको शक्तिका रुपमा देउवामात्रै पात्र रहेका कारणले नयाँ दिल्लिले उनलाई प्रयोग गर्नसक्ने विश्लेषण गरिएको छ । यता, ओलीसँग चिढिएको नरेन्द्र मोदी सरकार अनि प्रचण्डसँग रिसाएको मोदी प्रशासनको विकल्प देउवा बन्नसक्ने भारतीयहरुले आँकलन गरेका छन् ।

चीन भ्रमण पुग्नासाथ हुने सम्झौताहरुपछि चलिरहेको सरकारको आयु पुरा हुने परम्परा तोड्नका लागि पनि देउवाको दिल्ली भ्रमण भएको दाबी गर्छन्, कांग्रेसीहरु । नेपाल मामिला हेर्ने साउथ व्लकले नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइराला बाहेक सुशिल कोइराला, रामचन्द्र पौडेल र देउवालाई त्यति विश्वास गरेको छैन ।

त्यसकारण पनि दिल्ली अहिले वीपी पुत्र शशांक कोइरालाको नेतृत्वमा नेपालमा सरकार बनोस् भन्ने चाहन्छ । तर, बहुमत कांग्रेसी र कांग्रेसको विधानले पनि उनलाई सरकार प्रमुख बन्नका लागि पर्याप्त इजाजत दिन नसक्ने भएका कारणले देउवा आफैं प्रधानमन्त्री बन्नका लागि कसिएका छन् ।

तर, ओली सरकारलाई बोकेको एकीकृत नेकपा माओवादीलाई सत्तामा ल्याएर नखुम्च्याएसम्म केही पनि पुरा हुन नसक्ने विश्लेषण गरेको साउथ व्लकले सकभर कांग्रेसको समर्थनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक समिकरण बनाउन देउवालाई सुझाव दिएको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।