८ कार्तिक २०८३, आइतबार

सरकारी कर्मचारीको तलब अचानक ५० प्रतिशतले बढ्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकाठमाडौं, १४ वैशाख । नेपाल सरकारको एक मन्त्रालयले आफ्ना मातहतका कर्मचारीको तलब एकाएक ५० प्रतिशतले बृद्धि गरेको छ ।

भूकम्प र नाकाबन्दीले देशको अर्थतन्त्र तंग्रिन नसकेको अवस्थामा ग्रामीण खानेपानी तथा सरसफाइ कोषका कर्मचारीको तलब ५० प्रतिशतले बृद्धि गरिएको हो ।

विदेशी दाताको सहयोगमा नेपाल सरकार अन्तर्गतको विकास समिति ऐन अन्तर्गत संचालित कोषले अर्थमन्त्रालयसँग सहमति नै नलिइ तलव बृद्धि गरेको छ ।

लक्षित उद्देश्य अनुसार काम नगरी कोषको रकम कार्यकारी निर्देशक भूपेन्द्र अर्यालको टोलीले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

विश्वबैंकको सहयोग रहेको कोषले केही दिनअघि कर्मचारीको तलब ५० प्रतिशतले बृद्धि गरेको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति नै नलिइ तलब बढाउन स्वीकृति दिएको छ । दृष्टि साप्ताहिकमा समाचार छ ।