८ कार्तिक २०८३, आइतबार

मन्त्री पाश्वान हेलिकप्टर चढेको सत्र लाख अब कसले तिर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwoyandra Paswanकाठमाडौं, १४ वैशाख । कुनै वेला साइकल चढेर मन्त्रालय ओहोर–दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समययता हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् ।

पछिल्लो एक सातामा मात्रै उनले पाँचपटक हेलिकोप्टर चार्टर्ड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन् । अहिलेसम्म उनले हेलिकोप्टर चार्टर्ड गरेको भाडा मात्रै १७ लाख पुगेको छ ।

व्यक्तिगत काममा हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा गए पनि मन्त्री पासवानले हेलिकप्टर चढेबापतको झन्डै १७ लाख रुपैयाँ मन्त्रालयकै विभिन्न शीर्षकबाट मिलाउन मन्त्रालयका अधिकारीहरूलाई दबाब दिन थालेका छन् ।

तर, उनीहरूले मन्त्रालयको काममा नभई व्यक्तिगत प्रायोजनका लागि हेलिकोप्टर चढेको भन्दै मन्त्रालयबाट बिल तिर्न नसकिने जनाउ मन्त्री पासवानलाई दिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्री पासवानले व्यक्तिगत कामका लागि हेलिकोप्टर चार्टर्ड गरेर सर्लाही, सिरहा, सिन्धुली, रौतहटलगायतका जिल्ला गएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन् ।

ती जिल्लामा जाँदा उनले नेपाली सेना र अर्को एक निजी एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाले मन्त्री पासवानले चढेको हेलिकोप्टरको भुक्तानी बिल वातावरण मन्त्रालयमा पठाउन उच्च कर्मचारीहरूसँग ‘इन्क्वाइरी’ थालेको छ ।

तर, मन्त्रालयका अधिकारीहरूले हेलिकोप्टरको प्रयोग मन्त्रालयको कार्यक्रमका लागि नभएको र त्यति धेरै रकमको भुक्तानी गर्न नसक्ने जवाफ सेनालाई दिएका छन् ।