८ कार्तिक २०८३, आइतबार

अमेरिकाले यसरी एकाएक कुरा बदल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jon Keryकाठमाडौं, १४ वैशाख । अमेरिकाले नेपालीको आफ्नै प्रयासमा संविधानसभाबाट जारी भएको संविधान र देखिएको समस्या समाधानका लागि भएको संशोधनप्रति खुसी व्यक्त गरेको छ ।

राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन न्यूयोर्क पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा अमेरिकी विदेशमन्त्री जोन केरीले संविधान संशोधनबाट सहमति कायम हुँदै समस्या समाधानको बाटोमा गएको उल्लेख गर्दै अब दिगो शान्तितर्फ अघि बढ्ने विश्वास अमेरिकाको रहेको बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

संविधान जारीलाई कोशेडुंगा भन्दै बधाई दिएको अमेरिकाले दिगो शान्ति र विकासमा साथ दिने बताएको छ ।

मधेस समस्याको विषयमा शब्द पनि उच्चाहरण नगरी विदेशमन्त्री केरीले बाँकी रहेका समस्या समाधानमा नेपाली एवम् सक्षम रहेको बताए ।

नेपाली राजनीतिको सहमति संस्कारको प्रशंसा गर्दै उनले बाँकी मुद्दाहरु पनि सहमति र सहकार्यबाट समाधान गर्दै विकास प्रक्रियामा नेपाल अघि बढ्ने विश्वास अमेरिकाले लिएको उल्लेख गरे ।