८ कार्तिक २०८३, आइतबार

सीमावर्ती बजारमा रक्सी खाने भारतीयको भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

whiskeycolorsविराटनगर, १४ वैशाख । भारतको बिहार सरकारले रक्सी खान पूर्णत रोक लगाएपछि नेपाल–भारत सीमावर्ती बजारमा भीड बढेको छ । राज्य सरकारले मदिरा किनबेच र प्रयोगमा समेत पूर्णत रोक लगाएपछि सेवन गर्ने नेपाली बजारमा आर्कषित भएका हुन् ।

विराटनगरको रानी, मोरङको रंगेली, बुधनगर, झापाको कुखरखोद, काकडभिट्टा, भद्रपुर, केचना र सुनसरीको देवानगञ्ज जस्ता सीमाका नेपाली बजारमा रक्सी सेवन गर्न आउने भारतीयको निकै चहल पहल बढेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ।

बिहारका मुख्य बजारमा त्यहाँको सरकारले ठूलाठूला होर्डिङ बोर्ड राखी जनचेतना फैलाउँदै रक्सी सेवन गरे कार्वाही हुने सन्देश दिन सुरु गरिसकेको छ ।

माइकिङ गर्ने र पर्चा छर्ने काम समेत भएको छ । विराटनगर सीमाको मुख्य बजार जोगबनीमा पनि रक्सी किनबेच र सेवनलाई निकै कडाईका साथ निगरानी गर्दै प्रतिबन्ध लगाइएको छ ।

अहिले नेपाली सुरक्षा अधिकारी समक्ष भारतीय समकक्षीले बिहार सरकारको अभियानलाई सार्थक बनाउन सहयोग गर्न अपिल गर्न थालेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।

सापकोटाले भने, ‘पछिल्लो पटक किसनगञ्जमा भएको सुरक्षा बैठकमा पनि भारतीय सुरक्षा अधिकारीले नेपालमा आएर रक्सी खाने भारतीयमाथि निगरानी गर्न आग्रह गरेका थिए ।’

भारतीयले नेपालमा आएर रक्सी खरिद गर्ने र खाने क्रम बढेकोले त्यस्ता मानिसको विषयमा जानकारी दिन आग्रह गरिएको सापकोटाले बताए ।

नेपाल र भारतबीचको खुल्ला सीमाका कारण भारतबाट मुख्य नाका बाहेक अन्य बाटोबाट समेत अचेल बिहारका मानिसहरु विशेषगरी घरेलु मदिरा पिउन नेपाली सीमावर्ती क्षेत्रमा आउने गरेका छन् ।

यही महिनादेखि बिहार सरकारले रक्सी बिक्री वा उपभोग गरेको भेटिए १० लाख भारतीय रुपैयाँ जरिवाना तथा जन्मकैदसम्मको सजायको हुने व्यवस्था गर्दै नयाँ मदिरा नीति ल्याएको छ ।