२५ कार्तिक २०८३, बुधबार

मलेसियामा पटक-पटक फेरिने श्रमनीति सरकारकै हितमा, कामदारलाई सास्ती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malaisya

– सुदिप निउरे
क्वालालम्पुर, १३ बैशाख । मलेसियामा रोजगारी गर्दै आएका बिभिन्न मुलुकका कामदारले यहां पटक पटक आप्रवासी श्रम नीति परिवर्तन भईरहँदा आफूहरु समस्यामा पर्ने गरेको बताएका छन् ।

राजधानी क्वालालम्पुरमा नर्थ साउथ ईनिसेटिभ (एनएसआइ) नामको एक मलेसियन संस्थाले आयोजना गरेको गोष्ठीमा सहभागी ६ देशका कामदार प्रतिनिधिले श्रम नीति परिवर्तन हुँदा कामदार मर्कामा परेको गुनासो गरे ।

गोष्ठीमा नेपाल, फिलिपिन्स, कम्बोडिया, म्यानमार, ईण्डोनेसिया र बंगलादेशका कामदार प्रतिनिधिको सहभागिता थियो । आयोजक संस्था एनएसआइले मलेसियामा काम गर्दै आएका आप्रवासी कामदारको अधिकारको सम्बन्धमा काम गर्ने गर्दछ ।

आप्रवासी कामदार मलेसिया आउन थालेको ३३ बर्ष भैसक्दा पनि कामदार ब्यबस्थापनमा ब्यापक कमिकमजोरी हुन’ दुखद भएको सहभागीहरुको तर्क छ । सन १९८२ यता मलेसियाले केहि मुलुकसंग गरेको श्रम सम्झौता सहित ५७ पटक श्रमनीति हेरफेर गरेको पाईन्छ । तर अहिलेसम्म पनि मलेसियामा सानातिना समस्याबाट आप्रवासी कामदारले धेरै सास्ती पाउने गरेको उनीहरुले गुनोसो गरे । अध्यागमन बिभाग, प्रहरी प्रशासन लगाएत सम्बन्धित निकायहरु एकले अर्कोलाई दोष लगाउने तर आप्रवासीका बिभिन्न खाले समस्या समाधान गर्न असक्षम हुने गरेको सहभागीहरुले भोगाई सुनाए ।

मलेसियाले अहिले सम्म बिभिन्न ५ ओटा देशसंग मात्र श्रमसंझौता गरी कामदार ल्याउने गरेको पाईएको छ । मलेसियाले फिलीपिन्स, चाईना, भियतनाम, पाकिस्तान र ईण्डोनेसियासंग मात्र श्रम सम्झौता गरेको छ । झण्डै ५ लाख भन्दा बढि कामदार यहां पठाएको नेपाल लगाएत बंगलादेश, म्यानमार, भारत, कम्बोडिया जस्ता मुलुकसंग अहिलेसम्म पनि मलेसियाले श्रम संझौता गरेको छैन । श्रम सम्झौता हुन नसक्दा, भने बमोजिकको काम दाम र कामदारको बिभिन्न पक्षको ब्यबस्थापन राम्रो ढंगबाट हुन सकिरहेको छैन् । जसले गर्दा अहिले पनि कामदारहरुले बिभिन्न खाले समस्या भोगिरहेका छन् ।

श्रमसम्झौता हुन नसक्नुमा कामदार पठाउने मुलुक स्वयंको पनि निश्कृयता प्रष्ट देखिन्छ । श्रम सम्झौता नभएका देशहरुबाट मलेसियाले आफ्नो सर्त बमोजिम मात्र कामदार ल्याई रहेको छ । पछिल्लो उदाहरण नेपाल सरकाले लागु गरेको फ्रिभिसा फ्रिटिकटको नितीलाई मलेसियाले मौन अस्वीकृती जनाउनु पनि यसैको उपज हो । जस्ले गर्दा मलेसिया आफ्नो सर्त बमोजिममात्र अगाडी बढ्ने कुरा प्रष्ट देखिन्छ । श्रम सम्झौता गरिएका मुलुकहरु फिलीपिन्स र ईण्डोनेसियाका कामदारले मलेसिया सरकारको ब्यबहार श्रमसम्झौता भएका र नभएका सबैलाई एउटै भएको समेत बताए ।

एनएसआईका अनुसार मलेसिया कामदार पठाउने मुलुकमध्ये फिलिपिन्सको सक्रियता पहिलो नम्बरमा पर्दछ । आफ्नो मुलुकका कामदारको समस्या सुनेर तत्काल यहांको सरकारसंग परामर्श गरि समाधान निकाल्न सक्षम देखिएकाले फिलिपिन्स अग्रस्थानमा देखा परेको हो । कार्यक्रममा सहभागीले बताए अनुसार नेपाल लगायत मलेसियामा कामदार पठाउने अन्य मुलुकहरुको सक्रियता भने सामान्य देखिएको छ । कार्यक्रममा बिभिन्न देशका सहभागीहरुले मलेसियामा रहेका आ–आफ्ना राजदूतावासहरुमा कर्मचारीहरुको संख्या बृद्धि गर्नुपर्नेमा जोड दिए । राजदूतावासमा जनशक्ति थप गर्न सके यहां आईपर्ने बिभिन्नखाले समस्या समाधान छिटो हुने उनीहरुले सुझाब दिएका छन । मलेसियामा रहेका बिभिन्न मुलुकका राजदूतावासका कर्मचारीहरुले आफूहरुप्रति राम्रो बोली ब्यबहार नगर्ने गरेको पनि सहभागीहरुले गुनासो गरेका छन् ।

एसियामा लाखौ आप्रवासीलाई रोजगारी दिन सक्ने मुलुकको अग्रस्थानमा मलेसिया पर्दछ । यहां २१ लाख आप्रवासी कामदार रहेको सरकारी तथ्यांकमा उल्लेख छ । श्रमिकको पक्षमा काम गर्ने बिभिन्न संस्थाहरुले मलेसियामा अझैपनि ४० लाख अबैधानिक रहेका दाबी गर्दै आएका छन् ।