२९ आश्विन २०८३, बिहिबार

पहिरोका कारण लामो दूरीका सवारी साधन अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bato-Bandaकाठमाडौं । आइतबार राति परेको वर्षाका धादिङमा कारण लामो दूरीका सवारी साधन आवतजावत गर्न सकेका छैनन् ।

धादिङको जोगीमारा, चितवनको फिसलिङ तथा मुङलिन–नारायणघाटअन्तर्गत राजमार्गको जुगेडीसडकखण्डमा आज (सोमबार) बिहान पहिरो गएपछि सो मार्ग भएर काठमाडौं भित्रिने सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनले काठमाडौंबाट बाहिरिने गाडी जोगीमारामा तथा बाहिरबाट काठमाडौं आउने सवारी साधन जुगेडीमा अवरुद्ध भइरहेको बताए । पहिरो पन्छाउने कार्य जारी रहेको र केही समयपछि एकतर्फी भए पनि सवारी साधन सुचारु हुने उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी नायब निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले त्यस क्षेत्रमा ठूलो पहिरो गएकाले सडक अवरुद्ध भई यातायात सुचारु हुन नसकेको बताए ।

सो मार्ग भई प्रत्येक दिनमा करिब चार हजार सवारी साधन सञ्चालन भई करिब १२ हजार यात्रु आवतजावत गर्ने गर्छन् ।