– विकाश पराजुली
बुटवल, १३ वैशाख १३ । गृहमन्त्री शक्ति बहादुर बस्नेतले संविधान जारी पश्चात भएको असन्तुष्टि स्वभाविक भएको बताएका छन् ।
सोमबार बुटवलमा क्षेत्रीय विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संविधानमा असन्तुष्टि जनाउनु भन्दा संविधानले गरेको व्यवस्थाहरुलाई नियाल्न सुझाव दिए ।
उनले संविधान सहमतिको दस्तावेज भएको भन्दै संविधानमा भएका व्यवस्थाहरुलाई नहेरी असन्तुष्टि नजनाउन आग्रह गरे । उनले विभिन्न आयोग गठन गरी कामहरु भइरहेकाले गठित आयोगहरुले दिने सल्लाह सुझावलाई गम्भिरतापूर्वक लिने बताए ।
संविधानलाई कुनै हालतमा कार्यान्वयन हुन नदिने खेल भएको छ तर उनीहरु आफै थाक्नेछन् उनले भने ।
उनले अबको आन्दोलन संविधानलाई अग्रगामी या कार्यान्वयन के लागि भन्दै प्रश्न गरे । उनले आन्तरिक सुरक्षा निती, सुरक्षा तर्जुमा गठन गरी विशेष सुरक्षा व्यवस्था अपनाईने बताए ।
उक्त गोष्ठीमा लुम्बिनी अञ्चलका ६ जिल्ला सँगै चितवनमा सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।














प्रतिक्रिया