काठमाडौं, १३ वैशाख । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरू बढ्दो छ ।
एकजना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला । तर, देउवाको दिल्ली भ्रमण अनेक कारणले अनौंठो देखिएको छ । मुख्य कुरा, उनले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख राजिन्दर खन्नसँग भेटेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जेजस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । दिल्ली नेपालमा के चाहन्छ भन्ने एकसरो संकेत यो भ्रमणका क्रममा लिेको जानकारहरू बताउँछन् ।
नेपाललाई नाकावन्दी लगाइँदा भारतको सत्ता र विपक्षका पार्टीहरू विभाजित भएका थिए । भारतको राज्यसभामा नेपाल सम्बन्धमा बेग्लै वैठक आयोजना गरेर सत्तापक्ष र विपक्षले जुहारी खेलेका थिए ।
अहिले विपक्षले नेपाल मामिलामा सत्तापक्षको आलोचना गरेको सुनिदैन । बरु, नेपालबारे उनीहरूले मिलेर खेलखेल्न थालेको संकत मिलेको छ ।
उच्च स्रोतका अनुसार देउवाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख राजिन्दरसँग भेट गर्नुलाई अनौठो मानिएको छ । कुनै देशका उच्च नेता अर्को देशमा अनौपचारिक रुपमा जाँदा त्यहाँका गुप्तचर प्रमुखसँग भेट्नु अस्वभाविक मानिन्छ ।
पञ्जावी मूलका खन्नसँगको भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन । नेपालका वेटिङ प्राइमिनिीटरले छिमेकी देशको प्रभावशाली गुप्तचर संस्थाका प्रमुखसँग उनकै देशमा गएर भेट्नु आपत्तिजनक भएको जानकारहरू बताउँछन् ।















प्रतिक्रिया