८ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिको कार्यक्रममा झन्डै हातहालाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Bidhya Devi Bhandariगोरखा, १३ वैशाख । राष्ट्रपति विद्यादेबी भण्डारीले बारपाकीलाई आइतबार सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् ।

सान्त्वनासहितको पुनर्निर्माणका केही गतिविधि र आश्वसनसहित सम्बोधन हुने अपेक्षा रहेपनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राष्ट्रपतिले सम्बोधन नगरेपछि स्थानीय महिलाहरु सिडिओ नारायणप्रसाद भट्टमाथि खनिएका थिए ।

आक्रोशित महिलाले राष्ट्रपतिलाई किन बोल्न नदिएको भन्दै झन्डै हातपात गरेका थिए । माथिको व्यवस्था भन्दै सिडियो पन्छिएका थिए ।

‘भूकम्पको पीडामा बाँचेका बारपाकीलाई सान्त्वना दिने गरी राष्ट्र प्रमुखबाट केही सम्बोधन होला भन्ने अपेक्षा थियो, तर केही बोल्नु भएन, त्यसबाट बारपाकी आक्रोशित र निराश भएका छन्’, स्थानीय सुकबहादुर विकले भने ।