काठमाडौँ, ११ वैशाख । राजधानीमा शनिबार दुई जना मृत फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–६ बौद्ध सृजनाटोल बस्ने झापा धुलावारी–५ घर भएका ४५ बर्षीय सन्जु कुमार चौलागाई शनिबार सोही ठाउँको घरको पेटीमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौँ महानगरपालिका–११ थापाथली राममन्दिर पिपलबोट अगाडी बस्ने ३६ बर्षीय श्याम श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काभ्रे देउपुर सल्लेबास–७ मा खोटाङ घर भई ज्यामी काम गरी हिड्ने ४० बर्षीय दिपक भन्ने पुरुष व्यक्ति पनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया