जाजरकोट, ११ वैशाख । जाजरकोटमा रुखले च्यापिएर एक जनाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काट्दै गरेको रुखले च्यापेर भेरीमालिका नगरपालिका–५ बस्ने ३४ बर्षीय कृष्ण रोकायको मृत्यु भएको छ भने २२ बर्षीय अर्जुन रोकाय घाइते भएका छन् ।
शुक्रबार राति स्थानीय पिप्लेरी सामुदायिक बनमा चोरी गरी रुख काट्ने क्रममा रुखले च्यापीएर घाइते भएका दुवै जनालाई मेडिकल कलेज कोलहपुर लगिएकोमा कृष्ण रोकायको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया