काठमाडौं, ११ वैशाख । दर्लभ वन्यजन्तु हाब्रेको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका–१२ वस्ने २६ वर्षिय सन्देह लिम्बु, गोरखा टाक्लुङ बस्ने ४३ वर्षिय देउ नारायण श्रेष्ठ र रामेछाप रसनालु–७ वस्ने ४६ वर्षिय अमृत बहादुर तामाङ रहेका छन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहीबार काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ साततलेबाट १ थान हाब्रेको छाला सहित पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान एंव आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा पठाइएको छ ।
यस्तो अपराध गरेमा चालीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।












प्रतिक्रिया