३० आश्विन २०८३, शुक्रबार

प्राधिकरणले तोक्यो सिन्धुपाल्चोकमा कार्यालय प्रमुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-punarnirman

काठमाडौँ, ११ वैशाख ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पले सबै भन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा पुनःनिर्माणको समन्वय गर्न कार्यालय प्रमुख तोकेको छ ।

प्राधिकरणले पदम अर्याललाई विशेष सम्पर्क कार्यालयमा समन्वयको काम गर्न कार्यालय प्रमुख तोकेको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

अन्य जिल्लामा कार्यालय खुलेपनि बढी प्रभावित सिन्धुपाल्चोकमा अझैसम्म प्राधिकरणको समन्वय कार्यालय खुल्न सकेको थिएन । गत वर्षको भूकम्पले जिल्लामा तीन हजार ५७० को मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकमा ६५ हजार घर पूर्णरूपमा क्षति भएको तथ्याङ्क जिल्ला दैवीप्रकोप उद्धार समितिसँग छ। जिल्लाका पीडित अझै पाल र जस्ताको टहरामा बस्न बाध्य छन् ।

“प्राधिकरणले भूकम्प गएको एकवर्ष पुगेको वैशाख १२ गते आइतबारका दिन जिल्लामा गर्ने कार्यक्रममा अनुदान सम्झौता सुरु गर्नेछ”–उनले भने । रासस