हुम्ला, ११ वैशाख । प्रेस चौतारी नेपाल हुम्लाको अध्यक्षमा नृपराज हमाल चयन भएका छन् ।
शुक्रवार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले हमालको नेतृत्वमा सर्वसहमतिले आगामी तीन बर्षका लागी नयाँ कार्य समिति चयन गरेको हो । ७ सदस्यीय समितिका उपाध्यक्षमा जान बहादुर जेठारा, सचिवमा कालि बहादुर थापा, कोषध्यक्षमा नविना विक, सहसचिवमा मिग्यूर लामा निर्वाचित भएका छन् । यसैगरी सदस्यमा ऐन बहादुर रोकाया र सम्झना रोकाया निर्वाचित भएका छन् ।
प्रेस चौतारी नेपालले जिल्लामा काम गर्ने तीन जना सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान गरेको छ । चौतारीले कर्णालीमा पहिलो पटक २०६६ साल देखि शुरु गरेको प्रेस चौतारी पत्रकारीता पुरस्कारबाट रेडियो कर्णाली आवाजका सहकर्मी अर्जुन बोहरा पुरस्कृत भएका छन् । पत्रकार बोहरालाई तीन हजार नगद, प्रशंशा पत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी चौतारीको क्रियाशिल पत्रकारिता सम्मानबाट पत्रकारितामा क्रियाशिल पत्रकार तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष कर्णबहादुर रोकाया र पत्रकार मिमसिहं नेपालीलाई समेत प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
प्रेस चौतारी नेपाल हुम्ला शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका अवसरमा पुरस्कार र सम्मान गरिएको छ ।












प्रतिक्रिया