– कल्पना वोहरा
अछाम, ११ वैशाख । अछामको मंगलसेन नगरपालिका ४ की ५ वर्षीया बालिका छत्रकला केसी (धामी) को उपचारका लागि दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरुले रु ७५ हजार सहयोग गरेका छन् ।
दक्षिण कोरियामा छरिएर रहेका सुदूरपश्चिमबासी नेपालीहरुले प्रदान गरेको सहयोग रकम नेपाल सरकारका उपप्रधानमन्त्री एवम रक्षामन्त्री भीम रावलले बालिकाका आफन्तलाई हस्तान्तरण गर्नु भएको हो ।
अछाम साँफेवगर नगरपालिका वडानम्वर ६ घर भई हाल सुदूरपश्चिम समाज दक्षिण कोरियाका सल्लाहकार रहेका यज्ञमान नायकको पहलमा ७५ हजार रकम संकलन भएको थियो ।












प्रतिक्रिया