काठमाडौं, ११ वैशाख । भूकम्पपीडितहरु एक वर्षदेखि घापानी, हावाहुरी झेल्दै पुनर्निर्माणको पर्खाइमा छन् । तर, सरकार तथा दातृ निकायको प्राथमिकतामा उनीहरु परेनन् । यद्यपि दुवै पक्षबाट पीडितलाई देखाएर सहयोग जम्मा गर्ने कार्य भने भयो ।
दुई पक्षीय सम्बन्ध सुधार र राजनीतिक अलमलमा सरकार केन्द्रित भयो । पीडितलाई सहयोग गर्न आएका दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आफूखुसी सहयोग गर्नमै केन्द्रित देखिएको कान्तिपुर दैनिकले समाचार छापेको छ । सरकारले न दातालाई सञ्चालन गर्न सकेको छ, न आफै काम अघि बढाउन ।
पुनर्निर्माणको कामै नभए पनि भूकम्पलाई सम्झने निहुँमा दाताहरुले तारे होटलमा कार्यक्रम गरेर रकम खर्च गरिरहेका छन् ।
उनीहरु पुनर्निर्माणमा भन्दा सोल इन्जिनियरिङमै बढी लागिपरेको अधिकारीहरु बताउँछन् । पछिल्लो तीन दिनमा मात्र दर्जभन्दा बढी राजधानी केन्द्रित कार्यक्रम भएका छन् ।
एक अधिकारी भन्छन्, ‘उनीहरु निर्माणमा भन्दा प्रचारमुखी भएका छन्, एउटा तारे होटलमा गरिने कार्यक्रमले गाउँका दुईवाटा बढी घर बनाउन पुग्छ ।’
अन्तार्राष्ट्रिय गैरसरकारी संस्थाको संघ भनेर चिनिएको एआईएनले तारे होटलमा कार्यक्रम राख्दै पुनर्निर्माणका लागि काम गर्न असहज भए रकम अन्यत्र लैजान सक्ने भन्दै सरकारलाई चेतावनी दिएको छ ।















प्रतिक्रिया