
बा १० च ५४९१ नम्बरको सीता एयरको भ्यानलाई बिहान करीव पौने छ बजे सीटी यातायातको निलो बसले ठाक्कर दिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरीका अनुसार डिल्लीबजारतर्फबाट पुतलीसडक हुँदै रत्नपार्कतर्फ जाँदै गरेको सीटी यातायातको बसले सीता एयरको मारुती भ्यानलाई ठक्कर दिएको हो । दुर्घटनामा मारुती भ्यानका चालक दामोदर सिलवाल गम्भीर घाइते भएका छन् । सडकमा घाइतेको रगत उल्लेख्य झरेको छ । उनको प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिमा आएको सीटी यातायातको मारुती भ्यानको पछाडिबाट आइ बायाँतर्फबाट ठक्कर दिएको थियो । ठक्करबाट मारुती भ्यानको झ्यालका सिसा फुट्नुका साथै ठूलो क्षति पुगेको छ ।















प्रतिक्रिया