१७ कार्तिक २०८३, मंगलबार

दीक्षितलाई ‘ट्यापेमुन्द्रे थुन्ने’ गौशाला प्रहरी हिरासत लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanakmani-Dixit-pakrau

काठमाडौं, १० वैशाख । साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गौशाला प्रहरीको जिम्मा लगाएको छ ।

अकुत सम्पत्ति कमाएको उजुरीका आधारमा दीक्षितमाथि निगरानी गरिरहेको अख्तियारले शुक्रबार प्रहरी पठाएर उनलाई घरबाटै पक्रेको थियो ।

सम्पत्ति विवरण नमिलेको र अख्तियारको आग्रहलाई अटेरी गरेको दीक्षितमाथि आरोप छ ।

पक्राउ गरेर वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएको अख्तियारले केही बेर आफ्नो कार्यालयमा राखेर दीक्षितलाई ट्यापेमुन्द्रे थुन्ने गौशाला प्रहरीको हिरासतमा पठाएको छ ।

सामान्यतया अन्य व्यक्तिहरुलाई अख्तियारले आफ्नै कार्यालयमा रहेको हिरासतमा राख्ने भएपनि दीक्षितलाई ट्यापेमुन्द्रे थुन्ने गौशाला प्रहरीमा पठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।