काठमाडौ, १० वैशाख । कैलाली घोडाघोडीका २३ वर्षीय भरत विष्टले फिफाका २०९ सदस्य राष्ट्रहरुको नाम सबैभन्दा छोटो समयमा बाचन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा किर्तिमान दर्ता गराउने तयारी गरेका छन ।
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले ६१ सेकेन्डमा सबै देशको नाम पढेको जानकारी दिदै यो विद्यामा यो पहिलो रेकर्ड हुने र त्यसकोलागि आफूले अन्तिम तयारी गरिरहेको बताए ।
यो पछि उनले दुबै हातले बराबरी गतिमा लेखन कार्य गर्ने, सबैभन्दा बढीसमय पुस्तक पढ्ने र रोम अंक लेख्ने रेकर्ड तोड्ने तयारी समेत गरिरहेको बताए ।
उनी हाल नेपालगञ्ज मा स्नातकोत्तर तहमा अग्रेजी विषयलिएर अध्ययनरत छन ।













प्रतिक्रिया