१७ कार्तिक २०८३, मंगलबार

वलीलाई रोल्पाबासीको बधाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neb Bahadur Oli

– जीवन डाँगी
रोल्पा, १० वैशाख । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ का संयोजक नेप बहादुर वलीलाई आज रोल्पामा एक कार्यक्रमको आयोजना गरेर बधाई ज्ञापन गरिएको छ ।

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन जिल्ला समिति रोल्पाले बधाई कार्यक्रमको आयोजना गरेको हो । एशोसिएसन रोल्पाका अध्यक्ष होम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नेपाल लेखापढि कानून व्यवसायी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ का संयोजक नेप बहादुर वलीले रोल्पामा लेखापढि कानून व्यवसायीहरु विगतदेखि नै एकजुट हुदै आईरहेको र आगामि दिनमा समेत एकजुट हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । साथै वलीले रोल्पा लगायत प्रदेश नं. ५ का सम्पुर्ण लेखापढि कानून व्यवसायीहरुलाई गोलबद्ध गरि आफ्नो हक अधिकार बारे आवाज उठाएर त्यसको कार्यान्वयन गर्न आफू प्रतिवद्ध भएर लाग्ने समेत बताएका थिए ।

रोल्पा जिनाबाङ ९ घर भई लामो समय देखि रोल्पा सदरमुकामलाई कार्यक्षेत्र बनाएर लेखापढि कानून व्यवसायीका रुपमा परिचित वली २०७२ चैत २६, २७ र २८ गते हेटौडामा सम्पन्न ७ औ महाधिवेशनबाट नेपाल लेखापढि कानून व्यवसायी एशोसिएसनको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ को संयोजकमा सर्वसम्मत चयन भएका थिए ।

यस अघिको केन्द्रीय समितिमा पनि उपाध्यक्ष एवं मध्यपश्चिम संयोजकका रुपमा काम गरिसक्नुभएका वलीले यस पटक पनि समितिको महत्वपूर्ण पदमा रहने अवसर पाएकोमा रोल्पा जिल्लाका सम्पूर्ण लेखापढि कानून व्यवसायीहरु खुशी भएको नेपाल लेखापढि कानून व्यवसायी एशोसिएसन जिल्ला समिति रोल्पाका अध्यक्ष होम बहादुर पुनले बताए ।

जिल्ला स्थित लेखापढि कानून व्यवसायीहरु उपस्थित रहेको बधाई कार्यक्रमको सञ्चालन समितिका सचिब दिनेश आचार्यले गरेका थिए ।