बर्दिया, १० बैशाख । बर्दियामा पानी पिउने क्रममा एक बालिकाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महमदपुर–३ लालपुर बस्ने १३ वर्षीया रुकमणि राडको पम्पसेटमा पानी खाने क्रममा दोपट्टा पम्पसेटले तान्दा घाँटीमा बेरिएर मृत्यु भएको हो ।
सोही ठाउँ स्थित खेतमा जोडेको पम्पसेटमा विहिबार पानी खाने क्रममा दोपट्टा पम्प सेटमा बेरिएर गम्भिर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया