३० आश्विन २०८३, शुक्रबार

बारा जिल्लाका नाकाहरूबाट प्रहरीकै सहयोगमा तस्करी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bara Ma Saman Taskari– श्रीकान्ताकुमार गुप्ता

बारा, १० वैशाख । बारा जिल्लाको छोटी नाकाहरुबाट तस्करले तीब्र रूपमा तस्करी गर्न थालेका छन् । जिल्लाको कवहीगोठ मटियरिया सिमौनगढ कचोरवा पिपरपाती नाकाबाट सामान तस्करी हुन थालेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा भारतबाट अबैध रुपमा खाद्यान्न, सुपारी, ल्वाङ, इलाइची, गुटखा, कुरकुरे, सुर्ती, तेल, कपडा लगायतका सामानहरु तस्करी भइरहेका हुन् । तस्करी हुँदा समेत जानकार सरोकारवाला निकाय मौन छ ।

भारतबाट तस्करीबाट ल्याएको समान बरियारपुर, गञ्भवानिपुर, मटियरिया, कोलभी, कलैया, जितपुर, सिमरा, निजगढ, सिमौनगढ, लङगडा चौकमा बिक्री हुने गरेका छ ।